Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार ०७:३७:००
Read Time : > 1 मिनेट
अर्थ

अर्थतन्त्र छलाङ : इन्डोनेसियाको अपत्यारिलो पुनरोदय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार ०७:३७:००

कुनै वेला इन्डोनेसियाको अर्थतन्त्रमा मुद्रस्फीति दर ८० प्रतिशत नाघेको थियो । अस्थिर सरकार, त्यसमाथि सन् २००४ डिसेम्बरमा आएको सुनामीले तहसनहस बनेको देश हो । तर, यतिवेला तंग्रिएको छ । सुनामी यता बितेको डेढ दशकमा यो देशले कुल गार्हस्थ उत्पादनमा चार गुणा वृद्धि गरेको छ । त्यस्तै प्रतिव्यक्ति आयमा पनि साढे तीन गुणाले वृद्धि हासिल गरेको छ । 

सुहार्तोको तीन दशक लामो शासन व्यवस्थामा आर्थिक वृद्धि हासिल गर्न नसक्नु, उल्टै इन्डोनेसियामा मुद्रस्फीति दर अकासिएका कारण सुहार्तोको पतन भएको थियो । त्यसवेला सन् १९९८ ताका यो देशको मुद्रास्फीति ८० प्रतिशत नाघेको थियो । त्यसपछि पनि अस्थिर सरकार बन्ने क्रम रहेन । त्यसैक्रममा सन् २०४ मा इन्डोनेसियाले सुनामीजस्तो भयंकर आँधीको सामना गर्नुप-यो । आँधीसँगै ९ दशमलव ३ रेक्टर स्केलको भूकम्पसमेत गएको थियो । त्यसवेला यो देशमा पौने २ लाखको ज्यान गएको थियो । ४० हजारभन्दा बढी बासिन्दा हराएका थिए । लाखाँै घाइते भए । लाखाँै घरबारविहीन हुन पुगे । 

त्यसवेला इन्डोनेसियाको कुल गार्हस्थ उत्पादन (जिडिपी) २ सय ५७ अर्ब अमेरिकी डलर थियो । प्रतिव्यक्ति आय १ हजार १ सय ८७ अमेरिकी डलर थियो । डेढ दशकपछि सन् २०१८ को अन्त्यसम्म आइपुग्दा यो देशको जिडिपी १ हजार २२ अर्ब अमेरिकी डलर पुगेको छ । प्रतिव्यक्ति आय ३ हजार ८ सय ७१ अमेरिकी डलर पुगेको छ । अहिले त्यहाँको मुद्रास्फीति दर ६ प्रतिशतको हाराहारीमा सीमित छ । जिडिपीको वार्षिक वृद्धि दर पनि केही वर्षयता ५ प्रतिशतभन्दा बढी नै छ ।

यो देशले आर्थिक क्रान्ति गर्नुको मुख्य कारण पर्यटन प्रवद्र्धन हो र आन्तरिक खपतमाथिको जोड हो । स्थिर सरकारले सही तरिकाले काम गर्न थालेको छ । २६ करोड जनसंख्या भएको यो देशमा गत वर्ष डेढ करोडभन्दा बढी पर्यटक घुम्न गएका थिए । त्यहाँ पर्यटकले दिनमा औसत १ सय ५० डलर खर्च गर्ने गर्छन् । जुन स्थानीय बासिन्दाको राम्रो स्रोत बन्ने गरेको छ । त्यहाँको बाली, बोरोबुदुर, गिली बालाङ, माउन्ट बु्रनोजस्ता स्थल विश्वभर चर्चित छन् ।