मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १ आइतबार २०:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

नापी अधिकृत मगर ‘प्रवल जनसेवा श्री’बाट विभूषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १ आइतबार २०:२५:००

नापी अधिकृत छत्र बहादुर लुंगेली मगर उत्कृष्ट सेवा गरेवापत विभूषित भएका छन् । आइतबार राष्ट्रपति निवासमा भएको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण अधिकारपत्रद्वारा सम्मान गरेकी हुन् । 

जिल्ला नापी कार्यालय सिन्धुलीमा रहेर काम गर्दा मालपोत तथा नापी क्षेत्रमा उत्कृष्ट काम गरेको, कार्यालय सुधार तथा व्यवस्थापन गरेको र सेवाग्राहीको हितमा गरेका कामको मूल्यांकन गर्दै उनलाई ‘प्रवल जनसेवा श्री’बाट सम्मानित गरिएको हो । 

हाल उनी नापी कार्यालय साँखुमा प्रमुखकाे रूपमा कार्यरत छन् । यस अघि ४ वर्ष सिन्धुलीमा रहँदा उनले अनियमितता न्यूनीकरण, प्रभावकारी लालपूर्जा वितरण, एकै ठाउँमा सबै सेवा दिने व्यवस्था लगायतका काम गरेका थिए । उनले ५० वर्षदेखि लालपूर्जा नपाउनेहरुलाई समेत लालपुर्जा दिने व्यवस्था मिलाउनुका साथै अफ्नै पहलमा कार्यालको भवन समेत निर्माण गरेका थिए ।