मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १० मंगलबार ०६:५४:००
Read Time : < 1 मिनेट
अर्थ

इटहरीमा एनआइसी–एसियाको शाखा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १० मंगलबार ०६:५४:००

एनआइसी–एसिया बैंकले सुनसरीको इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इटहरी उप–महानगरपालिका–५ स्थित पचरुखी शाखाको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले उद्घाटन गरे ।

एनआइसी–एसियाले मुलुकभर २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटिएम, ३७ वटा एक्स्टेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यो मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकसमेत रहेको छ । 

बैंकको वासलातको आकार २ सय ११ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४५ अर्ब पुगेको छ । बैंकको ग्राहक संख्या करिब १४ लाख रहेको जनाइएको छ । बैंकले सम्भावित बजार क्षेत्रमा अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना पनि अगाडि सारेको छ ।