मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख १ आइतबार १२:३२:००
Read Time : > 1 मिनेट
प्रदेश

भूकम्पपीडित पाँच हजार तर, डेढ सय घर बने 

Read Time : > 1 मिनेट
२०७६ बैशाख १ आइतबार १२:३२:००

चार वर्षअघि गएको विनाशकारी भूकम्पले पर्वतमा करिब पाँच हजार घरमा क्षति पु-याएको थियो । क्षति विवरण संकलनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास निर्माणका लागि पीडितलाई पहिलो किस्ता रकम पनि प्रदान गरेको थियो । तर, पहिलो किस्ता रकम लगेका मध्ये डेढ सय भूम्कपपीडितले मात्रै घर निर्माण गरेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पर्वतका अनुसार मापदण्डअनुसार निजी आवास पूरा गरी तेस्रो किस्ता अनुदान लिने लाभग्राहीको संख्या जम्मा एक सय ५४ छ । तर, भूकम्पले क्षति पुगेको भन्दै चार हजार आठ सय ९१ जनाले राहत रकमको पहिलो किस्ता लगेका थिए । एकाइका अनुसार दुई हजार चार सय ३४ जनाले दोस्रो किस्ताबापतको रकम पनि बुझिसकेका छन् । 

मोदी गाउँपालिकामा सबैभन्दा बढी
४९ जनाले तेस्रो किस्ता बुझेका छन् भने कुस्मा नगरपालिका र जलजला गाउँपालिकाबाट २८–२८ जनाले तेस्रो किस्ता बुझेका छन् ।

भूकम्पले सबैभन्दा बढी क्षति पुगेको बिहादी गाउँपालिकाका २५ जनाले दोस्रो किस्ता लिएका छन् भने पैयुँ गाउँपालिकाका दुईजनाले मात्रै अनुदान बुझेका छन् । यस्तै, फलेबास नगरपालिकामा सातजना र महाशिला गाउँपालिकामा १५ जनाले अनुदान बुझेको एकाइले जनाएको छ ।

चार सय घरको संरचना सुधार गर्न सुझाब 
तेस्रो किस्ताका लागि रकम माग गरे पनि मापदण्ड पूरा नगरेका चार सय ५३ लाभग्राहीलाई एकाइले संरचना सुधारका लागि सुझाब दिएको छ । त्यसमध्ये तीन सय ४१ जनाले मापदण्ड सुधार गरिरहेको र एक सय १२  जनाले संरचना सुधार गर्न नसक्दा तेस्रो किस्ताको अनुदानबाट वञ्चित भएका छन् । 

बनेका अधिकांश घर मापदण्डविपरीत : साह
एकाइप्रमुख रामाशिष साहका अनुसार धेरै निजी आवास निर्माण सम्पन्न भए पनि मापदण्ड पूरा गर्न नसकेकालाई अन्तिम किस्ता दिन नसकिएको हो । ‘धेरै घर सम्पन्न भएका छन् तर प्राधिकरणले तयार पारेअनुसार भूकम्प प्रतिरोधी मापदण्ड पूरा गर्न सकेका छैनन्,’ उनले भने, ‘मापदण्ड पूरा नगरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीलाई मापदण्ड पूरा गरेर आउन आग्रह गर्दै फाइल फिर्ता पठाएका छौँ ।’