मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १ आइतबार १२:०३:००
Read Time : > 1 मिनेट
अर्थ

नेपाल टेलिकमको स्प्रिङ अफर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १ आइतबार १२:०३:००

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा ‘स्प्रिङ अफर योजना’ सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकको सुविधाका लागि अनलिमिटेड प्याकदेखि निःशुल्क डाटा सुविधासम्म आकर्षक सुविधासहितको स्प्रिङ अफर सार्वजनिक गरेको हो । 

अफर ३० चैतदेखि ९० दिनसम्मका लागि सञ्चालन गरिने कम्पनीको भनाइ छ । टेलिकमले यसअघि उपलब्ध गराएका विन्टर अफरअन्तर्गतका प्याकेजमा केही सुविधा थप गरी स्प्रिङ अफर ल्याएको जनाएको छ । 

भ्वाइस प्याक र डाटामा बोनस
अफरअन्तर्गत कम्पनीकै नेटवर्कमा जिएसएम–सिडिएमएका ग्राहकले २० रुपैयाँको प्याक  एक्टिभ गरी असीमित रूपमा १ घन्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा प्रयोग गर्न सक्नेछन् । अफरमा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस–डाटा–एसएमएस प्रयोग गर्न सकिनेछ । अल टाइम डाटा प्याकअन्तर्गत १२ रुपैयाँदेखि ९ सय ९० रुपैयाँसम्मका प्याक रहेका छन् । यसअन्तर्गत २८ एमबीदेखि १२ जिबीसम्मका प्याकेज खरिद गर्न सकिने बताइएको छ, जुन ४२ दिनसम्मका लागि मान्य हुनेछ । 

अफरअन्तर्गतको इकोनोमी प्याकका रूपमा एक दिनका लागि २५ रुपैयाँको १ सय एमबी, ७ दिनका लागि १ सय रुपैयाँको ५ सय एमबी र २८ दिनका लागि ५ सय रुपैयाँको ४५ सय एमबी भोल्युमको इको प्याकसमेत उपलब्ध छ । 

त्यस्तै, कम्पनीले डे डाटा प्याक, १ जिबी प्रतिदिन डाटा प्याक, रात्रि डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याकलगायत १४ वटा अफर ल्याएको कम्पनीले जानकारी दिएको छ ।

एप डाउनलोड गर्दा निःशुल्क डाटा 
कम्पनीको एप ‘नेपाल टेलिकम’ पहिलोपटक डाउनलोड गरी प्रयोग गर्नेका लागि १ सय एमबी जिएसएम डाटा निःशुल्क उपलब्ध गराउने भएको छ । साथै पहिलेदेखि नै विन्टर अफरका रूपमा उपलब्ध विद्यार्थी अफर, इन्डिया कल अफर, सियुजी प्याक, एडिएसएल भोल्युम बेस्ड प्याकेज, एडिएसएल अनलिमिटेड प्याकेज, एफटिटिएच व्यक्तिगत प्याकेज, एफटिटिएच कर्पोरेट युजर प्याकेज, मिस्डकल अलर्ट र एफटिटिएचमा निःशुल्क भ्वाइस सुविधालाई निरन्तरता दिइएको छ ।

अफरअन्तर्गतका प्याकेज
खरिदका लागि ग्राहकले ८१४१५३ डायल गर्नुपर्नेछ । साथै, कम्पनीको एप ‘नेपाल टेलिकम’बाट तथा कम्पनीको वेबसाइटमार्फत पनि अफरमा सहभागी भई सुविधा उपलब्ध हुनेछ  ।

कम्पनीले सञ्चालन गरेका अफर

-एक घन्टा अनलिमिटेड प्याक
-अल टाइम डाटा प्याक
-डे डाटा प्याक
-एक जिबी पर डे डाटा प्याक
-नाइट डाटा प्याक
-अनलिमिटेड नाइट डाटा प्याक
-सोसियल मिडिया प्याक
-डाटा स्ट्रिमिङ प्याक 
-अल टाइम भ्वाइस प्याक
-नाइट टाइम भ्वाइस प्याक
-अनलिमिटेड नाइट भ्वाइस प्याक
-डे टाइम भ्वाइस प्याक
-एसएमएस प्याक
-एप डाउनलोड गर्दा निःशुल्क डाटा