मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ बैशाख १ आइतबार १२:०२:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकासँग पुनः वार्ता  गर्न किम इच्छुक

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ बैशाख १ आइतबार १२:०२:००

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग पुनः वार्ता गर्न इच्छा व्यक्त गरेका छन् । नेता उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो चरणको वार्ता गर्ने चाहना देखाएका हुन् । ‘अमेरिका इमानदारीपूर्वक वार्ताको टेबलमा बसे ऊसँग जुनसुकै वेला अर्को चरणको वार्ता हुन्छ,’ शनिबार उत्तर कोरियाली संसद्लाई सम्बोधन गर्दै किमले भने ।

किमले आफू यस वर्षको अन्त्यसम्म अमेरिकाको साहसिक निर्णयको पर्खाइमा रहेको बताए । अमेरिका असल मानसिकताका साथ वार्तामा आए आफू जुनसुकै वेला तयार रहेको उनले बताए । ट्रम्प र किमबीच फेब्रुअरीमा भियतनामको हनोईमा दोस्रो चरणको शीर्ष वार्ता भएको थियो । वार्तामा किम र ट्रम्पबीच कुनै सहमति भएको थिएन । सहमति नभए पनि वार्ता सकारात्मक भएको दुवै देशले बताउँदै आएका छन् ।

हनोई वार्तापछि अमेरिका उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्न सकारात्मक छ कि छैन भन्ने विषयमा विश्व समुदायले चासोपूर्वक अवलोकन गरिरहेको उनले बताए । उनले भने, ‘हनोई वार्तामा केही सहमति भएन, तर सो वार्तालाई उपलब्धिहीन भन्न मिल्दैन । अमेरिका उत्तर कोरियासँगको सम्बन्धलाई थप विस्तार गर्न साँच्चिकै इच्छुक छ कि छैन भन्नेबारे प्रश्न उठेको छ ।’