१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०८० बैशाख १४ बिहीबार १०:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म

Read Time : < 1 मिनेट
२०८० बैशाख १४ बिहीबार १०:४४:००

बिमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बिमा प्राधिकरणले ‘बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्‍याएको हो । 

यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।

‘०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बिमकले मनासिब कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिकाबमोजिमको चुक्ता पुँजी ०८० असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ,’ संशोधित निर्देशिकामा भनिएको छ । प्राधिकरणले जीवन बिमा कम्पनीका लागि पाँच अर्ब र निर्जीवन बिमा कम्पनीका लागि दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । 

हाल सञ्चालनमा रहेका १७ जीवन बिमा कम्पनीमध्ये एउटा र १६ निर्जीवन बिमा कम्पनीमध्ये तीनले मात्रै चुक्ता पुँजी पु¥याएको प्राधिकरणले जनाएको छ । यसरी तोकिएको समयमा अधिकांश बिमा कम्पनीको चुक्ता पुँजी नपुगेपछि निर्देशिका संशोधन गरेर तीन महिना समय थप गरिएको हो ।