१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख १४ बिहीबार ०८:१२:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

माओवादी हमलामा दश भारतीय प्रहरीको मृत्यु

भारतमा सन् १९६० देखि चलेको माओवादी सशस्त्र आन्दोलन र यसबाट हुने हिंसामा पछिल्लो समय उल्लेखनीय कमी आएको थियो

Read Time : < 1 मिनेट
२०८० बैशाख १४ बिहीबार ०८:१२:००

 भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडीचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटनामा सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको संलग्नताको आशंका गरेको छ । भारतमा सन् १९६० देखि चलेको माओवादी सशस्त्र आन्दोलनका कारण त्यसपछिका दशकमा हजारौँ मानिसको ज्यान गएको भए पनि हालैका वर्षमा हिंसामा उल्लेखनीय कमी आएको बताउने गरिएको छ । 

दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहको ज्यान गएको छ । बुधबारको मृत्यु सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो । छत्तीसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले भने, ‘उनीहरू नियमित कामबाट फर्किंदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो ।’

एनडिटिभीमा प्रसारित एक फुटेजमा सुरक्षा बलले विस्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जाको निरीक्षण गरिरहेको देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, ‘आक्रमणमा ज्यान गुमाएका वीर सैनिकप्रति म श्रद्धाञ्जली अर्पण गर्छु । तिनीहरूको बलिदान सधैँ स्मरणीय रहनेछ ।’

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने, ‘यो आक्रमण ‘अत्यन्त दुःखद’ छ । उनले नक्सलवादीविरुद्ध लड्न दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौँ र हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौँ ।’ अहिलेसम्म कुनै पनि विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।