मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कास्की
२०७५ चैत ३० शनिबार २१:३९:००
Read Time : < 1 मिनेट
पर्यटन

‘नेपाल भ्रमण वर्ष २०२०’को सफ्ट लन्च

Read Time : < 1 मिनेट
२०७५ चैत ३० शनिबार २१:३९:००

‘घुम्न आएका अतिथिको सम्मान भ्रमण बर्ष २०२० को साझा आह्वान’ भन्ने नारा सहित नेपाल भ्रमण वर्ष २०२० अभियानको पहिलो चरणको सुरुआती ‘सफ्ट लन्चिङ’ कार्यक्रम शनिबार पोखरामा गरिएको छ ।

नेपाल सरकारले घोषणा गरेको सो कार्यक्रम नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरास्थित फेवाताल किनारको कोमागाने पार्कमा आयोजना गरेको कार्यक्रमका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङले अभियान सुरुवात गरेका थिए ।

सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सगै बजेटमा सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गदै कार्यक्रम मार्फत २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ ।

गण्डकी प्रदेशका मूख्यमन्त्री गुरुङले पर्यटकका लागि आधारभुत पुर्वाधार नहुँदा समस्या भएको भन्दै प्रदेश सरकारले पुर्वाधार निमार्णको कामलाई प्राथमिकता दिएर अघि बढेको बताए । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरे जस्तै प्रदेश सरकारले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको उनको भनाई थियो ।