मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत ३० शनिबार १९:०९:००
Read Time : < 1 मिनेट
प्रदेश

चैतेदसैंमा लमजुङ कालिकामा दर्शनार्थीको भीड 

Read Time : < 1 मिनेट
२०७५ चैत ३० शनिबार १९:०९:००

चैतेदसैं पर्वमा लमजुङ कालीकामा दर्शनार्थीको भीड लागेको छ ।  

बेंसीसहर नगरपालिका ३ गाउँशहरस्थित मन्दिरमा चैत प्रतिपदादेखि धार्मिक विधि अनुसार पुजा र धार्मिक मेला आयोजना गरिएको हो । पूजाका अवसरमा १९ वटा सरकारी बलीसहित एक हजार भन्दा बढी विभिन्न भाकल बली चढाइएको मुल पुरोहित माधव बरालले बताए ।

सरकारको तर्फबाट पनि मन्दिरमा बलि चढाउने प्रचलन रहेको मालपोत कार्यालयका प्रमुख हरिहर दाहालले बताए । देशमा शान्तिका कामना गर्दै पूजा हुने गरेको उनले जानकारी दिए । 

पूजा गर्न जानेले सुख शान्ति, स्वास्थ्य, चौपाया र बालीनाली राम्रो होस भनेर भाकल गर्दै पुजा गर्ने गरेको पुजारी बरालले बताए ।