Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत २९ शुक्रबार १९:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग

महंगो कार किनेपछि सञ्जय दत्तको चर्चा, कस्तो छ उनको नयाँ कार ?

Read Time : < 1 मिनेट
२०७५ चैत २९ शुक्रबार १९:२८:००

बलिउड अभिनेता सञ्जय दत्तले कार किन्नु कुनै अनौठो कुरा होइन, तर यसपटक उनी नयाँ कार किनेकै कारण चर्चामा छन् । 

उनले महंगो कार खरिद गरेको विषय अहिले दत्तका प्रशंशक र भारतीय मिडियाका लागि चर्चाको विषय बनेको छ । फिल्म ‘कलंक’मा काम गरिरहेको द    त्तले किनेको नयाँ गाडी ल्याण्ड रोभर र्यान्ज रोभर एसयुबी खरिद गरेका हुन्, जसको बजार मूल्य करिब तीन करोड भारतीय रुपैंया छ । यो भारतकै सबैभन्दा महंगो एसयुबी गाडी हो । 

दत्तले नयाँ गाडीसहितको तस्बिर इन्स्टाग्राममा अपलोड गरेपछि उनलाई समर्थकहरुले बधाई दिइरहेका छन् । चार लाख भन्दा धेरैले उनको तस्बिर लाइक गरेका छन् भने करिब चार हजारले कमेन्ट गरेका छन् ।