मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ चैत २९ शुक्रबार १३:२५:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपाललाई सातौ विकेटको सफलता, २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरको ५३ रन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत २९ शुक्रबार १३:२५:००

आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरगत मलेसियामा जारी एसिया क्षेत्र छनोट खेलमा २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरको सातौ विकेट पनि पतन भएको छ । २७ ओभरको खेल सकिँदा सिंगापुरले ७ विकेट गुमाएर ५३ रनमात्र जोडेको छ । 

सातौ विकेटका रुपमा सिंगापुरले चन्द्रमुर्ती श्रीदेवलाई गुमाएको हो । यसअघि कप्तान अमन देसाइ, अर्नभ चबरिया, साइ भेनुगोपाल, विनित मेहता, राओल शर्मा र प्रमेश सिङ्भी आउट भइसकेका छन् । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सवै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले ९५ र पवन सर्राफले ४७ रनको योगदान गरेका थिए ।