मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार

सरकारविरुद्ध इन्टरनेट सेवा प्रदायक संस्था आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार १२:४७:००

इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई विनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।

टेलिभिजन प्रशारक संस्थालाई विना प्रतिस्पर्धा नियम विपरित इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै उनीहरुले शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल दूर संचार प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका छन् ।

नियम, कानुन विपरित संचार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्नु परेको इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

सरकारले हाल नेपाल दूर संचार प्राधिकरणकाबाट इन्टरनेट सेवा संचालन गर्ने अनुमति दिइरहेको छ । अब संचार तथा सूचना प्रविधि मन्त्रालय आफैँले सो काम गर्न लागेकोमा पनि आफूहरुको आपत्ति रहेको संघको भनाई छ ।

इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराईरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन । उनीहरुले इन्टरनेट सेवा आफूहरुबाट संचालन गर्ने कानुनी व्यवस्थाको उलंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबारनै नेपाल दूर संचार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन् । संघका अध्यक्ष भट्टले सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।