मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २९ शुक्रबार ०९:२५:००
Read Time : < 1 मिनेट
अर्थ

अर्बपतिका तथ्य : २६ धनाढ्यसँग विश्वको आधा सम्पत्ति

Read Time : < 1 मिनेट
२०७५ चैत २९ शुक्रबार ०९:२५:००

विश्वका धनी व्यक्तिहरूसँग कति सम्पत्ति होला ? हामी मध्यम या निम्नवर्गीय परिवारका सदस्यले अनुमान लगाउन पनि सक्दैनाँै । हामीलाई लाग्ला, गाडी, घर र प्लेनसम्म किन्ने क्षमताका होलान् । 
तर, केही धनी हाम्रो सोचाइबाहिरका छन् । सयभन्दा बढी धनीसँग यति धरै सम्पत्ति छ कि तिनीहरूले नेपालजस्ता देश पनि किन्ने क्षमता राख्छन् । 

फोब्र्सले केहीअघि सार्वजनिक गरेको आश्चर्यजनक तथ्यांक
- माथिल्लो सूचीका २६ जना यस्ता धनी छन् कि तिनीको सम्पत्ति विश्वका आधा जनसंख्याको बरारबर छ । 
- गत वर्ष २ हजार २ सय जना अर्बपतिको सूचीमा थिए । उनीहरूको सम्पत्ति उक्त वर्ष ९ सय अर्ब डलरले बढेको थियो । अर्थात् दिनमा २ सय ५ अर्ब डलरले सम्पत्ति बढ्यो । 
- दशकअघि विश्व आर्थिक मन्दीसँग जुधिरहेको थियो । उच्च वर्ग तल्ला वर्गसम्म नराम्ररी प्रभावित भए । तर, यो दशक अर्बपतिका लागि फलदायी देखिन्छ,  किनकि यो अवधिमा अर्बपतिको संख्यामा दुगुना वृद्धि भएको छ । 
- सन् २०१७ देखि २०१८ को बीचमा हरेक दुई दिनमा एकजना अर्बपतिको सूचीमा उक्लिरहेका थिए । 

धनीको स्वास्थ्य 
भनिन्छ, धनले स्वास्थ्य किन्न सक्दैन । तर, धनले स्वस्थ्य वातावरण र खाने कुराचाहिँ किन्न सक्दो रहेछ । एक अध्ययनअनुसार केही समययता धनीहरू स्वास्थ्यप्रति बढी सचेत हुन थालेका छन् । परिणास्वरूप उनीहरूको आयु पनि गरिबको तुलनामा बढी हुने गरेको छ ।  अमेरिकी मेडिकल एसोसिएनका अनुसार स्वस्थ खानपिन र वातावरणका कारण अमेरिकाका धनी महिलाहरू गरिब महिलाको तुलनामा १० वर्ष बढी बाँच्ने गरेका छन् । पुरुषहरू झन् बढी १५ अधिक बाँच्ने गरेका छन् । 

९१ प्रतिशतभन्दा बढी अमेरिकी धनीले आफ्नो स्वास्थ्यमा गर्ने खर्चलाई पनि लगानीका रूपमा हेर्ने गरेका छन् । दशमा नौजनाले भन्न थालेका छन्, ‘धनभन्दा महत्वपूर्ण स्वास्थ्य हो ।’