१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ११:०७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अनि हुन्छ मनोबल उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ११:०७:००

कतिपय क्षमतावान् मानिस पनि उच्च मनोबलको अभावमा समाजमा पछि परिरहेका हुन्छन् । विभिन्न कारणले व्यक्तिको मनोबल कमजोर भइरहेको हुन्छ । देशको प्रतिकूल अवस्था, पारिवारिक असमझदारी र शारीरिक अवस्था आदि । यद्यपि, केही कुरा व्यवहारमा लागू गर्न सके आफ्नो मनोबल सधैँ उच्च राख्न सकिन्छ ।  

सबैभन्दा पहिला आफूमा नकारात्मक सोच र व्यवहार कसरी हावी भयो भन्ने पत्ता लगाउनुपर्छ । त्यसपछि नकारात्मक कुरालाई चिर्दै आफूभित्रको सकारात्मक पक्षलाई उजागर गर्दै जानुपर्छ । 

डर, चिन्ता, तनावलगायत विभिन्न डिसअर्डरले हाम्रो अनुभव र व्यवहारलाई प्रभावित गरिरहेको हुन्छ । त्यसैले के कुराले डर सिर्जना गरेको छ, पत्ता लगाएर ती कुराबाट टाढा हुनुपर्छ ।

डिप्रेसन प्रायः सबै उमेर समूहका व्यक्तिमा देखिन्छ । यसको प्रभावस्वरूप व्यक्तिको क्षमतामा गिरावट आउन सक्छ । यस्तो अवस्थामा चिन्ता कम गर्दै लैजानुपर्छ र समस्यासँग जुध्ने क्षमताको विकास गर्नुपर्छ । 

बिरामी भएको अवस्था छ भने ठीक हुनका लागि धैर्य गर्ने र आफ्नो तर्फबाट सक्ने अभ्यास वा व्यायाम गरिरहने गर्नुपर्छ । बिरामी छु भनेर महसुस गरिरहनुहुँदैन ।

नकारात्मक सोचभित्र पनि थुप्रै सकारात्मक उद्देश्य लुकेका हुन्छन् । त्यसैले कार्यक्षमता र इच्छाशक्तिलाई सही रूपमा सदुपयोग गर्दै जानुपर्छ ।