मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०९:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग

पूर्वपोर्न स्टार सन्नी अब  वेवसिरिजमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०९:५४:००

पूर्वपोर्न स्टार सन्नी लियोनीलाई अब वेवसिरिजमा देख्न पाइने भएको छ । सन् २०११ मा जिस्म–२ फिल्मबाट बलिउडमा डेब्यु गरेकी सन्नीले त्यसपछि रागिनी एमएमएस–२ फिल्ममा पनि अभिनय गरेकी थिइन् । खबरअनुसार अब उनी यही नामको वेवसिरिजमार्फत डिजिटल दुनियाँमा देखापर्ने तयारीमा छन् । 

अटलबालाजीले निर्माण गर्ने नयाँ वेवसिरिज रागिनी एमएमएस–२ मा सन्नीले फिल्ममा झै बोल्ड सिन दिने बताइन्छ । भारतमा अहिले एकता कपुरका एरोटिक हरर वेवसिरिय दर्शकले निकै मन पराइरहेका छन् ।

त्यसकारण सन्नीलाई लिएर वेवसिरिज बनाउन एकता अघि बढिसकेकी छन् । सन् २०११ मा रियालिटी शो बी बोसमा भाग लिएर चर्चामा आएकी उनलाई मुकेश भट्टले हिरोइनका रूपमा डेब्यु गराएका हुन् । सन् २०१७ मा निशानामक बालिका अडप्ट गरेकी सन्नी गत वर्षको मार्चमा सेरोगेसीमार्फत जुम्ल्या बच्चाकी आमा बनिन् ।