मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०९:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग

दबंग ३ ले सलमानलाई तनाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०९:१९:००


अभिनेता सलमान खान अहिले फिल्म ‘दबंग ३’को सुटिङमा व्यस्त छन् । भारतको मध्यप्रदेशको महेश्वर र मांडुमा सुटिङ गरिरहेका सलमान फ्यानलाई पनि भेटिरहेका छन् ।  खबरअनुसार मांडुमा रहेको जलमहल भन्ने पुरातात्विक स्थानबाट फिल्मको सेट नै हटाउनु परेको छ । 

सुटिङ चलिरहेको थियो । भारतीय पुरातत्व सर्वेक्षण विभागले सूचना जारी गरेपछि दबंग ३ को सेट जलमहलबाट हटाइएको छ । सोही कारण नै बुधबारको फिल्मको सुटिङ छेवैको मुंज तालाब भन्ने स्थानमा गर्नु परेको भारतीय मिडियाले उल्लेख गरेका  छन् ।  

जलमहल प्राचीन तथा पारातात्विक क्षेत्र भएका कारण भारतीय कानुनमा सो स्थानमा  सुटिङ गर्न नमिल्ने  उल्लेख भएको बताउँदै पुरातात्व विभागले सूचना जारी गरेको थियो । साथै फिल्मको युनिटलाई नर्मदा नदीमा रहेको प्राचीन धरोहरमा नोक्सान पुर्‍याएको आरोप पनि लागेको छ । दबंग ३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । सुटिङमा अवरोध भइरहेकाले सलमान अचेल तनावग्रस्त छन् ।