मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०९:११:००
Read Time : < 1 मिनेट
सप्तरंग

यसकारण  शाहिद लिन्थे  २० खिल्ली चुरोट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०९:११:००

अभिनेता शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ को टिजर सार्वजनिक भइसकेको छ । यो तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । फिल्ममा शाहिद कुलतमा फसेका मेडिकल स्टुडेन्टको भूमिकामा छन् । 

कुलतमा फसेका युवाको भूमिका निर्वाह गर्नका लागि शाहिदले निकै मिहिनेत गरेको बताएका छन् । उनले हालै मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा सुटिङसँग जोडिएका विविध किस्सा खोलेका छन् । शाहिदले भनेका छन्, ‘म सिग्रेटको प्रचार गर्दिनँ, तर फिल्मको मुख्य पात्र आफ्नो रिस र आवेगलाई नियत्रण गर्नका लागि यस्तो गर्छ ।’ 

शाहिदले आफूलाई पात्रमा ढाल्नका लागि दिनको २० खिल्लीभन्दा बढी चुरोट  लिने गरेको बताएका छन् । उनले भनेका छन्, ‘सिग्रेट खाइसकेपछि बच्चाको नजिक जानका लागि मलाई दुई घन्टासम्म नुहाउनुपथ्र्यो ।’ शाहिदलाई यो भूमिका मिल्नुको पछाडि पनि अर्कै कथा रहेछ । ओरिजिनल फिल्मका निर्देशक संदीपले पहिला रणवीर सिंहलाई यस भूमिकाका लागि अनुरोध गरेका थिए । तर, रणवीरले मानेनछन् । त्यसपछि उनीहरू शाहिदकामा पुगेका रहेछन् । शाहिदले भने स्क्रिप्ट सुन्नेबित्तिकै प्रस्ताव स्विकारेको बताइन्छ ।