१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०८:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

डढेलो नियन्त्रण गर्दै उपभोक्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०८:५८:००

कैलाली जोशीपुर गाउँपालिका–३  भंगैयाका सामुदायिक वन उपभोक्ताले डढेलो नियन्त्रणका लागि पूर्वसावधानी अपनाएका छन् । गर्मी मौसम सुरु भएसँगै फैलन सक्ने डढेलो नियन्त्रण गर्न उनीहरूले वन क्षेत्रमा अग्निरेखा बनाएर नियन्त्रणको प्रयास थालेका हुन्  । 

उपभोक्ताहरूले वनजंगलमा झरेका पातपतिंगर हटाएर निश्चित दूरीको चौडाइमा सरसफाइ गरेर अग्निरेखा बनाउने गरेका हुन् । गर्मी मौसममा एक ठाउँमा लागेको आगो अन्य स्थानमा फैलने भएकाले त्यसको नियन्त्रणका लागि अग्निरेखा बनाएका हुन् । अग्निरेखाले सीमित क्षेत्रमा मात्र क्षति पुग्ने ग्रिनल्यान्ड सामुदायिक वनका अध्यक्ष अमृत चौधरीले बताए ।

बर्सेनि वनजंगलमा लागेको आगोले नजिकका बस्तीलाई समेत जोखिममा पार्ने गरेकोले यस वर्षदेखि उपभोक्ताहरू स्वतस्फूर्तरूपमा डढेलो नियन्त्रणको उपायमा लागेको चौधरीले बताए ।