१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत २९ शुक्रबार ०८:३१:००
Read Time : > 4 मिनेट
फिचर

विराजलाई झस्काउने  पाँच खेल

Read Time : > 4 मिनेट
२०७५ चैत २९ शुक्रबार ०८:३१:००

कप्तानका कुरा


राष्ट्रिय फुटबल टोलीका कप्तान विराज मर्हजन काठमाडौंका रैथाने हुन् । उनी जन्मिएको टोल त्रिपुरेश्वर फुटबलमय थियो । उनले थाहा पाउँदा नै फुटबललाई साथी बनाइसकेका थिए । उतिवेलै बल छकाउन र लामो प्रहार गर्न सुरु भयो । त्रिपुरेश्वरमा फुटबल नचाउँदा नचाउँदै एन्फा एकेडेमी पुगे । उनी त्यहाँका तेस्रो ब्याज हुन् ।

विराजले राष्ट्रिय टिमबाट खेल्न थालेको ११ वर्ष भइसकेको छ । फुटबलमै समर्पित भएको पनि १८ वर्ष भयो । उनले राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान बनाएका छन् । अहिलेसम्म ७१ क्याप जितिसके । उनी राष्ट्रिय टोलीको रक्षापंतीका खम्बा नै हुन् । 

विराजले पोखरामा पाकिस्तानविरुद्ध खेल्दै सन् २००८ मा डेब्यु गरेका थिए । त्यसयता खेलेका कतिपय खेल अझै उनको दिमागमा घुमिरहेका छन् । तीमध्ये पाँच अन्तराष्ट्रिय खेलले उनको जीवनलाई फुटबलर हुनुको सार्थकता दियो । 

माल्दिभ्सविरुद्ध नवयुगको ‘मिराकल’
दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिन नेपाली फुटबल टोली सन् २०१६ मा भारतको गुवाहटी पुगेको थियो । नेपाल सेमिफाइनलमा पुग्यो । प्रतिद्वन्द्वी माल्दिभ्स थियो । नेपाली टिम लयमा थियो । त्यसैले आत्मविश्वास उच्च थियो ।

खेलको पहिलो हाफमा नेपालले दुई गोलको अग्रता लियो । तर, दोस्रो हाफमा टोली संहालिन सकेन । लगातार दुई गोल खायो । विराज यसरी सम्झन्छन्, ‘मैले देखेको मिराकल थियो त्यो खेल, किनकि हामी दुई गोलले अगाडि थियौँ, त्यसपछि फेरि माल्दिभ्सले दोस्रो हाफमा दुई गोल फर्कायो र खेल निर्धारित समयमा बराबरी भयो ।’ 

त्यसपछिको रोमाञ्चक अवस्था सम्झँदा कप्तान विराजलाई अहिले पनि विश्वास लाग्दैन् । अतिरिक्त समयको खेल सकिन पाँच मिनेट बाँकी थियो । माल्दिभ्सका नाइज हसनले गोल गरे । अब भने नेपालमाथि पूर्ण दबाब महसुस भयो । ‘एकमनले त अब हामी बाहिरियौँजस्तै लागेको थियो,’ विराज भन्छन्, ‘तर खेलको अन्तिम समय एक सय २०औँ मिनेटमा नवयुगले फेरि गोल गरे र नेपाललाई खेलमा कायम राखे ।’

विराजले भनेको ‘मिराकल’ यत्तिमै सकिएन । खेल पेनाल्टीमा जाने भएपछि सल्लाह गर्न प्रशिक्षकले विराजलाई बाहिर निकाले । खेल ‘इन्जुरी’ समयमा थियो । एक सय २२औँ मिनेट । नवयुग श्रेष्ठले फेरि गोल गरे । ‘मलाई त सपनाजस्तो भयो, म मैदानबाहिर निस्कनसाथ गोल भयो, नवयुगले ह्याट्रिक त पूरा गरे, हामीले तीनका विरुद्ध चार गोलले जित्यौँ ।’ त्यो समय जादुगरले फ्याट्ट नयाँ वस्तु निकालेजस्तो आश्चर्यलाग्दो थियो । अहिले पनि उनी सम्झिएर दंग पर्छन् ।

पेनाल्टीमा जाने भएपछि सल्लाह गर्न प्रशिक्षकले विराजलाई बाहिर निकाले । खेल ‘इन्जुरी’ समयमा थियो । एक सय २२औँ मिनेट । नवयुग श्रेष्ठले फेरि गोल गरे । ह्याट्रिक नै भयो । त्यो समय जादुगरले फ्याट्ट नयाँ वस्तु निकालेजस्तो आश्चर्यलाग्दो थियो ।

भारतमाथि जित र नाकाबन्दीको चर्चा 
उही प्रतियोगिता । सेमिफाइनलमा अविश्वसनीय नतिजापछि विराजलाई मनमा लागेको थियो, ‘यो पटकको गोल्ड मेडल नेपालकै हुन्छ ।’ तर, मनमा लागेर मात्र हुन्न थियो । मैदानमा गोल गर्नुपथ्र्यो । विपक्षीको गोल पनि छेक्नुपथ्र्यो । 

खेल सुरु भयो । नेपाल इतिहास बनाउने दाउमा थियो । किनकि ठूलो उपाधि नजितेको २३ वर्ष भइसकेको थियो । नेपालले १९९३ को छैटौँ साफ गेममा स्वर्ण जितेपछि मुख्य प्रतियोगितामा लगातार उपाधिविहीन थियो । विराज भन्छन्, ‘तर, सजिलो पक्कै थिएन, विपक्षी भारत थियो र आफ्नै मैदानमा प्रतिस्पर्धा गरिरहेको थियो ।’ 

गुवाहटीको इन्दिरा गान्धी नेसनल स्टेडियम भरिभराउ थियो । घरेलु समर्थकअघि सुरुवाती अग्रता भारतले नै बनायो । नेपाल दबाबमा प¥यो । ‘तर, मैले केटाहरूलाई पूर्ण रूपमा आत्माविश्वासी भएर खेल्न भनेँ,’ उनी सम्झन्छन् । दोस्रो हाफमा नेपालले दबाब बनायो । दबाब मात्र बनाएन गोल पनि ग¥यो । लगातार दुई गोल । प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेपछि नेपाल स्वर्णपदक जित्न सफल भयो ।

भारतले नेपालमाथिको नाकाबन्दी हटाएको केही महिनापछि सो प्रतियोगिता भएको थियो । ०७२ सालमा असोजदेखि फागुनसम्म नाकाबन्दी लगाउँदा नेपालीले निकै पीडा भोगेका थिए । यो जितलाई ‘नाकाबन्दीको बदला’ भन्दै सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएको थियो ।

 जोर्डनले गरेका नौ गोल
जीवनमा सनसनीपूर्ण खेलमा जित मात्रले होइन विराजलाई फराकिलो हारले पनि पछ्याएको छ । ‘खेलाडीको जीवन साँचिकै उतारचढावपूर्ण हँुदो रहेछ, कहिले नसोचेको सफलताले आँशु झार्छ, कहिले नसोचिएको असफलताले,’ उनी भन्छन् । विराज यस्तै एउटा क्षणका साक्षी बने ।

नेपाल विश्वकप २०१४ को  दाेस्राे चरणको छनोट खेल्न सन् २०११ मा जोर्डन पुगेको थियो । जोर्डनकै घरेलु मैदान । नेपाली टोली प्रतिस्पर्धामा उत्रियो । मैदानमा दर्शकको व्यवहार अत्यन्त नराम्रो थियो । ‘मैले दुनियाँमा जति पनि देशविरुद्ध प्रतिस्पर्धा गरेँ, जोर्डनका जस्ता दर्शक कहीँ पनि पाइनँ, उनीहरू हामीलाई जहाँ भेट्यो त्यही ह्युमिलिएट गर्थे, औंला देखाएर १०–१२ गोलको इशारा गर्थे । थम्स डाउन गर्थे । इरिटेड पार्थे ।’ उनी भन्छन्, ‘सपिङमा जाँदा, बाटोमा भेट्दा जहाँ पनि उनीहरूको काम हामीलाई ह्युमिलियट गर्नु मात्र हुन्थ्यो । त्यस्ता दर्शक दुनियाँमा अन्त विरलै होलान् जस्तो लाग्छ ।’ 

त्यस्तो व्यवहारले नेपाली खेलाडीको आत्मविश्वास नराम्ररी खस्कियो । त्यो कुरा मैदानमा नै देखियो । नेपाल शून्यका विरुद्ध नौ गोलले हार्‍यो । ‘मेरो जीवनकै ठूलो पराजय थियो त्यो, किनकि मैले जीवनमा ९–० को हार देखेको थिएँ, भोगेको थिइनँ, पीडालाई शक्तिमा बदल्न निकै गाह्रो हुँदो रहेछ ।’ 

 जोर्डनसँगै बराबरी, अर्को ‘मिराकल’
जोर्डनसँग लगत्तै अर्को पनि खेल थियो । विश्वकप छनोटकै ‘होम म्याच’ । घरेलु मैदानमा भएको खेल पनि विराजका लागि अविस्मरणीय नै भयो । पहिलो खेलमा फराकिलो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा जोर्डनलाई बराबरीमा रोक्न सफल भयो । जोर्डनविरुद्ध खेलिएका ती दुई खेलले अनुभवी देशसँग खेल्दाको फरकपन बुझेको विराजको भनाइ छ ।

उनी भन्छन्, ‘हामीले धैरैजसो दक्षिण एसियाली टिमसँग नै प्रतिस्पर्धा गर्‍यौ, विश्वका अनुभवी टिमविरुद्ध विरलै मौका पायौँ, जति खेल्यौँ साँचिकै फरक अनुभूति संगालेको छु ।’ दोस्रो खेलमा नेपालको आत्मविश्वास निकै कमजोर भइसकेको थियो । मैदान छिर्नुतअघि खेलाडी निराश थिए । विराज हास्दै भन्छन्, ‘पहिलो खेलको त्यो फराकिलो हारपछि हामी धेरै टुटेका थियौँ । तर, प्रशिक्षक ग्राहम रोबर्टसको आत्माविश्वास ‘अम्याजिङ’ थियो । उहाँले हामी हरेक खेलाडीलाई व्यक्तिगत रूपमै भेटर मोटिभेट गर्नुभयो । उहाँको कुरा सुन्दा मेरो शरीरका हरेक रौं ठाडा हुन्थेँ । रगत उम्लन्थ्यो ।’ त्यही कारण घरेलु मैदानमा जोर्डनलाई रोक्न सकेको उनको विश्वास छ । त्यो खेल एक–एकको बराबरीमा सकिएको थियो । विराज सो खेललाई पनि ‘मिराकल’ मान्छन् । 

 घरेलु मैदानमा अफगानिस्तानसँगको हार
विराजलाई आफू फुटबलर भएर नजिकबाट भोगेका सनसनीपूर्ण घटना संझँदा अहिले पनि छिनमै जोश र छिनमै निराशा आउँछ । उनी भन्छन्, ‘फुटबलमा कति धेरै खेल खेलियो तर अफगानिस्तानसँगको हार सम्झँदा निकै निराश हुन्छु ।’ सन् २०१३ मा साफ च्याम्पियनसिप घरेलु भूमिमै हुँदै थियो

पाकिस्तानसँग सनसनीपूर्ण बराबरीपछि भारतलाई पछि पार्दै नेपाल समूह विजेताका रूपमा सेमिफाइनल पुगेको थियो । त्यति वेला नेपाललाई दाबेदारका रूपमा हेरिएको थियो । तर, सेमिफाइनलमा अफगानिस्तानसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । विराज भन्छन्, ‘सायद त्यो दिन हाम्रो थिएन, हामीले अवसर पाएर पनि गोल गर्न सकेनौँ ।’ सो खेलले सर्वाधिक बढी पीडा रोहितलाई दिएको उनले महसुस गरे । ‘पेनल्टीका दुई मौका चुकाउँदा रोहित साँच्चिकै नर्भस भएका थिए, उसले अनीलसँग मागेर आँट गरेर पेनल्टी प्रहार गरेको थियो, तर, उसको पनि के दोस ? गोलरक्षकले पेनल्टीमा त्यस्तो जर्ज गर्छ भन्ने थाहा नै हुँदैन ।’