१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्ववियु निर्वाचन १० जेठभित्रै गर्न त्रिविको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ०७:४९:००

त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । 

विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए । ‘हामीले छिटोभन्दा छिटो मिति घोषणा गरेर अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ,’ उनले भने । 

बैठकमा अनेरास्ववियुका उपाध्यक्ष आचार्यसहित, अनेरास्ववियु क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैटौँका अध्यक्ष विमल पोखरेललगायतको सहभागिता रहेको थियो ।