मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २८ बिहीबार १५:२८:००
Read Time : < 1 मिनेट
विश्व

२६ वर्षे अर्बपतिले खुलाए यस्तो भ्याकेन्सी, ४० हजार आवेदन र बिहेको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २८ बिहीबार १५:२८:००

अष्ट्रेलियाका एक धनाढ्यले आफ्नो विश्वयात्राका लागि निजी सचिवको माग गरेका छन् । उनले खुलाएको एक जनाको भ्याकेन्सीमा अहिलेसम्म ४० हजारले आवेदन दिएका छन् भने केहीले बिहेको प्रस्तावसमेत राखेका छन् । 

अष्ट्रेलियाका २६ वर्षे अर्बपति म्याथ्यु लेप्रेले यस्तो भ्याकेन्सी खोलेका हुन् । उनका अनुसार आवेदन दिनेमध्ये ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष छन् । उनले यो संसारकै सबैभन्दा राम्रो भ्याकेन्सी भएको दाबी गरेका छन् । 

आफ्नो निजी सचिवका लागि उनले वार्षिक चालिस लाख नेपाली रुपैयाँभन्दा बढी न्युनतम तलब र अन्य सुविधाहरु राखेका छन् । तर, न्युनतम तलब बढाउन पनि सकिने उनले स्पष्ट पारेका छन् । ‘म मेहेनती र रमाइलो मान्छेको खोजीमा छु,’ लेप्रे भन्छन्, ‘म यात्राका लागि सहयोगी मात्र होइन, साथी पनि होस् भन्ने चाहन्छु ।’ एजेन्सी