१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत २८ बिहीबार १२:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

संविधान विरोधी मागमा सरकार घुँडा टेक्दैन : मन्त्री पण्डित

Read Time : > 1 मिनेट
२०७५ चैत २८ बिहीबार १२:२५:००


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनको विरोधमा डाक्टरहरुले गरिरहेको आन्दोलन संघीयता र संविधान विरोधी भएको बताएका छन् । प्रेस क्लबले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा जाँदैन भन्नु संघीयता विरोधी काम भएको बताए ।

संविधान विरोधी मागमा भइरहेको आन्दोलनमा सरकार वार्तामा नजाने बताए । ‘हामी समायोजनमा जान्नौं, हामी केन्द्रीय प्रणालीमा मात्र बस्नु पर्छ र संघीय प्रणाली हामीमा लागू हुनु हुँदैन भन्नु संघीयता र संविधान विरोधी हो ।’ मन्त्री पण्डितले भने, ‘यो असह्य काम सरकारले कुनै पनि हालतमा गर्न दिँदैन ।’

जहाँ जिम्मेवारी तोकिएको छ, डाक्टहरुले त्यहाँ जानुको विकल्प नभएको उनले बताए । डाक्टरको आन्दोलनलाई केन्द्रीत गर्दै उनले केही व्यक्ति र झुण्डको पछाडि सरकार नलाग्ने बताए । खटाएका ठाउँमा नजाने डाक्टरलाई सरकारले कारबाही सुरु गरेको उनले बताए ।

‘कार्यक्षेत्र नजाने डाक्टरलाई हिजैबाट कारबाही सुरु गरेका छौं । सेवा प्रवाह रोकिराखे सरकारले दया र माया गरिराख्नु पर्ने आवश्यक हुँदैन । दण्डित गर्नेबाहेक विकल्प छैन ।’

हामीलाई संघमा मात्र राखियोस् र काजमा खटाइयोस् भन्ने डाक्टरहरुको माग स्वीकार्य नहुने उनको भनाइ छ । विगतमा काजमा खटाउँदा साइनबोर्ड देशभरि हुने तर व्यक्ति काठमाडौंमा मात्र हुने प्रवृति देखिएको उनले बताए । सरकारी अस्पताललाई कमजोर बनाएर निजी क्लिनिक र अस्पताल बढाउने काम नैतिकता र पेशागत मर्यादा विपरित भएको उनको टीप्पणी थियो ।

समायोजनमा तीनै तहमा जाने डाक्टरको सुविधा, बढुवा, वृत्तिविकास, अवसरमा कुनै विभेद नभएको मन्त्री पण्डितले बताए । ‘सबै सुविधा दिएका छौं तर पनि रडाको मच्चाउने काम भएको छ । जनतालाई दुःख दिएर सरकारलाई घुँडा टेकाउने काम गर्छौं भन्ने सोच्नु भएको छ भने नाजायज मागसँग सरकारले वार्ता गर्दैन । संविधान विपरित काम सरकार गर्दैन र गर्न दिँदैन ।’ उनले भने, ‘सरकार यस मामलामा कुनै लचकता पनि अपनाउँदैन ।’