मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २८ बिहीबार ११:२६:००
Read Time : > 1 मिनेट
अर्थ

सिभिल होम्सको नवौँ फेज गोदावरीमा : घरमै रिसोर्टको आनन्द

Read Time : > 1 मिनेट
२०७५ चैत २८ बिहीबार ११:२६:००

सिभिल होम्सले आफ्नो नवौँ फेजको हाउजिङ गोदावरीको किटनीमा निर्माण गरेको छ । सहरनजिकै, तर शान्त र रमणीय वातावरण चाहनेलाई लक्षित गरी कम्पनीले किटनीमा हाउजिङ निर्माण सुरु गरेको हो । ०७३ सालदेखि निर्माण सुरु भएको हाउजिङमा १०२ वटा युनिट छन् । जसमध्ये ६६ वटा बिक्री भइसकेका छन् भने ३६ वटा युनिट निर्माणको क्रममा छन् । हाउजिङ ४२ दशमलव ७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

घर तथा कम्पाउन्डले ओगटेको क्षेत्रफल साढे तीनदेखि सात आनासम्म छ । ग्राहकले आफ्नो आवश्यकताअनुसारको घर खरिद गर्न सक्नेछन् । साढे दुई तलाको घर ११ सय ७३ देखि १६ सय ७९ स्क्वायर फिटमा बनेका छन् ।

घरको बनावट
गोदावरी हाउजिङमा टाइप ‘ए’ र ‘बी’ गरी दुई प्रकारका घर छन् । साढे तीनदेखि चार आना क्षेत्रफलमा निर्माण भएका घर टाइप ‘ए’का हुन् । ८९ युनिट ‘ए’ टाइपका घर १३ सय ५७ दशमलव ८९ स्क्वायर फिटका छन् । भुँइतलामा किचन, लिभिङ रुम, एउटा बेडरुम र बाथरुम रहेको यस्तो घरको पहिलो तलामा तीनवटा बेडरुम र दुईवटा बाथरुम रहेका छन् । टप भने खुला रहेको छ, जहाँ पूजाकोठा र वासिङ मेसिन राख्ने तथा कपडा सुकाउने ठाउँ बनाउन सकिन्छ । २३ युनिट रहेको टाइप ‘बी’का घर साढे तीनदेखि सात आनामा बनेका छन् । ११ सय ७३ देखि १६ सय ७९ स्क्वायर फिटमा बनेका यस्ता घरको संरचना भने टाइप ‘ए’को जस्तै छ । 

सहरदेखि नजिक
गोदावरी हाउजिङ रिंगरोड सातदोबाटोदेखि ६.५ किलोमिटर दूरीमा छ । नजिकै गोदावरी बोटानिकल गार्डेन र वन, धार्मिक स्थलसमेत भएकाले अवकाशपछिको जीवनका लागि यो हाउजिङ निकै उपयुक्त छ । आसपासमा प्रशस्त हरियाली रहेकाले यहाँ रिसोर्टको अनुभव गर्न सकिन्छ । हस्पिटल, बैंक र सुपरमार्केटका लागि पनि टाढा जानु पर्दैन ।

घरको मूल्य
-न्यूनतम १ करोड ७५ लाख रुपैयाँ
-अधिकतम २ करोड १५ लाख रुपैयाँ

घरको आकार र क्षेत्रफल
-साढे दुईतले घर
-साढे तीनदेखि सात आनासम्म क्षेत्रफल

कसरी खरिद गर्ने ?
गोदावरी हाउजिङका घर बुकिङ गर्न सुरुमा १० प्रतिशत मात्र रकम भुक्तानी गरे पुग्छ । बुकिङ गरेको १ महिनाभित्र थप २१ प्रतिशत रकम भुक्तानी गरेपछि घर खरिदको सम्झौता हुन्छ । खरिदकर्ताले एकैपटक ३१ प्रतिशत भुक्तानी गरेर पनि सम्झौता गर्न सक्नेछन् । सम्झौता गरेका नौ महिनादेखि एक वर्षभित्रमा घर निर्माण पूरा हुन्छ । 

हाउजिङका घरको मूल्य १ करोड ७५ लाखदेखि २ करोड १५ लाख रुपैयाँसम्म तोकिएको छ । ग्राहकले घर खरिद गर्न ५० प्रतिशतसम्म फाइनान्स सुविधा पनि लिन सक्नेछन् । सिभिल होम्सले हाउजिङ फाइनान्सका लागि जनता बैंकसँग सहकार्य गरेको छ । फाइनान्स सुविधा पनि लिएको अवस्थामा बाँकी १९ प्रतिशत रकम घर सर्ने वेलामा भुक्तानी गरे हुन्छ ।

कम्पनीको विश्वास : -सुदर्शन पराजुली 
बिक्री प्रबन्धक

नेपालमा हाउजिङ भन्नेबित्तिकै सिभिल होम्सको नाम सबैभन्दा अगाडि आउँछ । कम्पनीले गोदावरीको किटनीमा नवौँ फेजको हाउजिङ निर्माण गरिरहेको छ । सिभिल होम्सले ग्राहकको सन्तुष्टिलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ । त्यसैले कम्पनीले घर निर्माणमा कुनै सम्झौता गरेको छैन । कम्पनी व्यावसायिक इन्जिनियरहरूको समूहले सञ्चालन गरेकाले आजसम्म प्राविधिक रूपमा कुनै पनि त्रुटि भएको छैन ।

तथ्य
२०५७ सालदेखि हाउजिङ व्यवसाय सुरु गरेको सिभिल होम्सले हालसम्म ८ वटा हाउजिङ र एउटा व्यावसायिक भवन ‘सिटिसी मल’ निर्माण गरेको छ । कम्पनीको छैटौँ फेजसम्मका सबै घर बिक्री भइसकेका छन् । कम्पनीको सातौँ र नवौँ फेज भने निर्माणको चरणमा छन् ।

घडेरीका विशेषता
- रिंगरोडबाट ६.५ किमि दूरीमा
-५० प्रतिशत फाइनान्सको सुविधा
- शान्त, रमणीय वातावरण र खुला स्थान
- भूकम्प प्रतिरोधात्मक घर
- हस्पिटल, स्कुल, सुपरमार्केटको सुविधा