मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २८ बिहीबार १०:०८:००
Read Time : < 1 मिनेट
खेलकुद

एभर्टनसँगको हारपछि ओजिलको रिस जर्सीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २८ बिहीबार १०:०८:००

खेलमा हार र जित भइरहन्छन् । खेलको रोमाञ्चकता पनि यही नै हो । तर, कहिलेकाहीँ महत्वपूर्ण खेलमा थोरै अन्तरले पराजित हुँदा खेलाडीलाई अति नै पीडा हुने गर्छ । पीडाका साथै खेलाडी रिसले चुर पनि हुने गर्छन् । आइतबार इंग्लिस प्रिमियर लिगमा यस्तै घटना भयो । आर्सनलले एभर्टनसँग प्रतिस्पर्धा गरेको थियो । खेलमा एभर्टनले आर्सनललाई केवल १–० को गोलअन्तरले पराजित ग-यो । 

खेलअवधिभर आर्सनलले बराबरी गर्ने वा नतिजा उल्ट्याउने विश्वास लिइएको थियो । तर, अन्तिम नतिजा १–० ले पराजितकै अवस्थामा आउँदा आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले सहजै नतिजा स्वीकार गर्न सकेनन् । खेलाडी बक्समा रहेका ओजिलले आफ्नो जर्सी दर्शकदीर्घामा फ्याँके । ब्रिटिस मिडियाहरूले ओजिलले पहिलोपटक आफ्नो टोली पराजित हुँदा जर्सी फ्याँकेको दाबी गरेका छन् । यद्यपि, ओजिलले जर्सी फ्याँक्नुबाहेक अन्य कुनै अभद्र व्यवहार गरेनन् । तर, उनी केही खेलाडी वा अन्य व्यक्तिलाई अपशब्द प्रयोग गरी बाहिरिएको मिडियाहरूले जनाएका छन् ।