मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १३:२६:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल : चितवनकाे पहिलाे जित, विराटनगर ५ रनले पराजित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १३:२६:००

काठमाडाैंमा जारी एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सले पहिलाे जित हात पारेकाे छ । शुक्रबार भएकाे पहिलाे खेलमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई ५ रनले   पराजित गर्दै प्रतियाेगितामा पहिलो जित निकालेको हाे । चितवनले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले पुरा २० ओभर खेल्दै ८ विकेटकाे क्षतिमा एक  ९१ रन बनाउन सक्यो ।

विराटनगरका लागि ब्याट्सम्यान बाबर हायतले ९० रनको सर्वाधिक याेगदान गरे । उनले  ४२ बलकाे सामना गर्दै ५  चौका र ८ छक्का  प्रहार गरे ।यस्तै करण केसीले २४ रन, आसिफ शेखले ३० रन , कप्तान पारस खड्काले १९ रन र अनिल कुमार साहले १२ रनकाे याेगदान गरे । चितवनका लागि ललित सिंह भण्डारीले सर्वाधिक ४ विकेट भने यस्तै सागर ढकालले ३ विकेट लिए ।

यसअघि टस विराटनगरले टस जित्दै चितवनलार्इ ब्याटिङकाे निम्ताे दिएकाे थियाे । चितवनले पुरै २० ओभर खेल्दै ४ विकेटकाे क्षतिमा एक सय ९६ रन बनाएको थियो । चितवनका लागि ब्याट्सम्यान जोन सिमप्सनले सर्वाधिक ७८ रनको याेगदान गरे । यस्तै दिपेन्द्र सिंह ऐरीले ३२ रन र सन्दीप सुनारले ३० रन , जर्ज स्कट २४ रन, र पाउल स्टर्लिङले १५ रनकाे याेगदान गरे । विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले समान १/१  विकेट लिए  । 

अंक तालिकामा विराटनगर तेस्रो र चितवन चौथो स्थानमा रहेको छ । जितसंगै चितवनले ४ खेलबाट २ अंक जोडेको छ भने  विराटनगरले ४ खेलबाट ४ अंक जोडेको छ । विराटनगर र चितवन दुवैकाे प्ले अफ पुग्ने सम्भावना कायम रहेकाे छ ।