मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ चैत २८ बिहीबार ०९:२९:००
Read Time : < 1 मिनेट
विश्व

‘पिएम नरेन्द्र मोदी’ प्रदर्शन नगर्न आयोगको निर्देशन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत २८ बिहीबार ०९:२९:००

प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र ‘पिएम नरेन्द्र मोदी’ प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ । सत्ता र शक्तिको दुरूपयोग गर्दै निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीका बारेमा बनाइएको चलचित्र प्रदर्शन गर्न लागिएको भन्दै उजुरी परेपछि  निर्वाचन आयोगले प्रदर्शनमा रोक लगाएको हो । 

निर्वाचन आयोगले प्रधानमन्त्री मोदी आफैँ निर्वाचनमा उम्मेदवार रहेकाले देशव्यापी निर्वाचन नसकिँदासम्म सो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको जनाइएको छ । प्रमुख प्रतिस्पर्धी कंग्रेसले निर्वाचन आयोगसमक्ष निवेदन बुझाउँदै ‘पिएम नरेन्द्र मोदी’ नामक चलचित्र चुनाव सम्पन्न नहुँदासम्म प्रदर्शन गर्न नदिन माग गरेको थियो । निर्वाचनको स्वार्थ देखिएको भन्दै कंग्रेसले उठाएको विषयमा आमसमर्थन देखिएको थियो । 

आयोगको अनुमतिविना राजनीतिक प्रचार गर्ने किसिमका सामग्रीको विज्ञापन नगर्न आयोगले निर्देशन दिएको छ ।

प्रतिबन्ध लगाइएको चलचित्रमा प्रधानमन्त्रीको प्रमुख भूमिकामा अभिनेता विवेक ओबराय छन्  । चलचित्रमा मोदीले बाल्यकालमा रेलमा चिया बेचेकादेखि किशोरावस्थामा हिमालय गएको र सन् २०१४ मा कसरी भारतीय जनता पार्टीमार्फत ऐतिहासिक जित हासिल गरे भन्ने विषय समेटिएको छ । त्यसैगरी मोदी गुजरातको मुख्यमन्त्री भएका वेला अनुकरणीय काम गरेको, ठूलाठूला समस्या समाधान गरेको दृश्य पनि चलचित्रमा समेटिएको छ ।