१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ चैत १३ सोमबार १४:०८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ललितपुर महानगरको ‘चर्पीका कुरा’

Read Time : < 1 मिनेट
२०७९ चैत १३ सोमबार १४:०८:००

ललितपुर महानगरपालिका र वाटर एडले महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूको संयुक्त रूपमा निरीक्षण गरेका छन् ।

अनुगमनका क्रममा महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले शौचालयको अवस्था सुधार गर्न तत्काल गर्नुपर्ने कुराहरू तयार पारिएको बताइन् ।

सार्वजनिक शौचालयहरू महिलामैत्री, अपांगमैत्री, बालबालिकामैत्री बनाउन र सरसफाइमा पनि ध्यान दिन उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । उपमेयर शाक्यले पहिले बनिसकेको शौचालयलाई स्तराेन्नति गर्दै बालबालिका, अपांग तथा महिलामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

ललितपुर महानगरपालिकाले प्रत्येक वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय छिट्टै बनाउने उनको भनाइ छ । ‘काठमाडौंमा सार्वजनिक शौचालयको समस्या अहिलेको ठूलो चुनौती बन्दै गएको छ । हस्पिटल, रेस्टुरेन्ट, बैंक, सुपरमार्केटलगायतका ठाउँहरूमा गएर चर्पी बस्नुपर्ने अवस्था छ,’ उनले भनिन् ।