मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १२ आइतबार ११:२०:००
Read Time : > 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

रंगकर्मी विमल सुवेदीलाई मन पर्ने पुस्तक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १२ आइतबार ११:२०:००

द इन्टेलिजेन्स ट्रयाप : डेभिड रोब्सनको पुस्तक द इन्टेलिजेन्स ट्रयापले विद्यमान शिक्षा प्रणाली किन जीवनोपयोगी शिक्षा छैन भनेर बुझाउँछ । शिक्षाले गर्दा हामीलाई ट्रयापमा पारेको छ भन्ने तर्क पुस्तकले गर्छ । 

विमल सुवेदी, रंगकर्मी

भगवद् गीता : भगवद् गीता पनि मलाई प्रभाव पारेको पुस्तक हो । कृष्णले अर्जुनलाई मोटिभेट गर्ने कुराले मलाई निकै प्रभाव पारेको छ । यो निकै इन्ट्रेस्टिङ पुस्तक हो । धेरैले पढ्नुपर्ने पुस्तक हो ।

कल्चर एन्ड सोसाइटी : रेमन्ड विलियमको कल्चर एन्ड सोसाइटी पनि मलाई प्रभाव पारेको पुस्तक हो । विलियमका अधिकांश पुस्तक पढेको छु । उहाँका पुस्तकहरू जीवनोपयोगी हुन्छन् । रंगकर्मीले समाज र इतिहास बुझ्नुपर्ने हुन्छ । उनका पुस्तकले इतिहास र समाज बुझ्न सहयोग गर्छ । 

द सेक्रेट : द सेक्रेट धेरै अघि पढेको पुस्तक हो । रोन्डा बर्नको यो पुस्तक ‘ल अफ अट्र्याक्सन’मा आधारित छ । तपाईंले सोच्ने कुराले तपाईंको जीवनमा कसरी प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ भन्ने कुरालाई यस पुस्तकमा वर्णन गरिएको छ । सोच कसरी इनर्जीमा कन्भर्ट हुन्छ भनेर व्याख्या गरिएको छ । यस पुस्तकले तपाईंलाई सकारात्मक चिन्तनका लागि प्रेरित गर्छ । 

घनचक्कर : डा. सञ्जीव उप्रेतीको घनचक्कर कलेजमा पढेको हो । यसले मलाई निकै भावुक बनाएको थियो । डा. उप्रेती मेरा प्रिय लेखक हुनुहुन्छ । उहाँको आर्टिकल नछुटाई पढ्छु । 

फोसिल : कुमार नगरकोटीको फोसिल पनि मलाई निकै मन पर्छ । पात्रहरूलाई प्रस्तुत गर्ने उहाँको कला मलाई निकै मन पर्छ । उहाँका अधिकांश पुस्तक पढेको छु । 

तीन घुम्ती : बिपी कोइरालाका सबै पुस्तक उत्तिकै उत्कृष्ट छन् । उहाँका पुस्तकहरू एकपटक पढेर धित मर्दैन, पटक–पटक पढ्न मन लाग्छ । कुनै एक रोज्नुपर्‍यो भने म तीन घुम्ती रोज्छु । समाजको दर्शन बोकेर हिँडिरहेको यस पुस्तकको पात्रको मनोविज्ञानले मलाई प्रभावित गरेको छ ।