मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ चैत २७ बुधबार १८:५९:००
Read Time : < 1 मिनेट
विश्व

१६ वर्षे स्कुले विद्यार्थीले बनाए शक्तिशाली बम, दर्जनौं मानिसको हत्या गर्ने योजना

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत २७ बुधबार १८:५९:००

आफैं पढ्ने स्कुलमा शक्तिशाली बम बनाएको र दर्जनौं मानिसको ज्यान लिने तयारी गरेको अभियोगमा १६ वर्षे किशोरलाई बेलायत प्रहरीले अदालतमा पेश गरेको छ । 

ती युवकले घरमै ‘सिओटु’ बम बनाएको र विष्फोट गराएर धेरै मानिसको ज्यान लिने योजना बनाएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार ती किशोरले सन् २०१७मा नै स्कुलमा गोली चलाउने योजना नजिकका साथीहरुलाई सुनाएका थिए । 

ती किशोरले इन्टरनेटमा बम बनाउने प्रविधिबारे लगातार खोज गरेको फेला पारेको पनि प्रहरीले बताएको छ । तर, ती किशोरले भने प्रहरीको दाबीलाई अस्वीकार गर्दै आफूले बम र बम विष्फोटको योजना नबनाएको बताएका छन् । साधारण जिज्ञासाका कारण आफूले बम बनाउने प्रविधिबारे गुगल गरेको उनको दाबी छ । 

ती किशोर नाजी र दक्षिणपन्थी उग्रवादी विचारको पक्षधर रहेको समाचारमा उल्लेख छ ।