१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार १७:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले दाेस्राेपटक पाए विश्वासको मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार १७:३७:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। १७२ सांसदको मतसहित प्रधानमन्त्रीले संसद्को विश्वास प्राप्त गरेका हुन्।

२६२ सांसद उपस्थित रहेकामा विश्वासको मतको प्रस्तावकाे विपक्षमा ८९ सांसदले मत दिएका छन् भने एक सांसद तटस्थ बसेका छन्।

यसअघि १० पुसमा एमालेसहितको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा संसद्को ९९.२६ प्रतिशत मत प्राप्त गरेका थिए। राष्ट्रपति चुनावको समयमा समीकरण फेरिँदा प्रधानमन्त्रीले सोमबार पुनः विश्वासको मत परीक्षण गरेका हुन्।

प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहले विश्वासको मत दिए ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले भने विपक्षमा मतदान गरे । , एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो । 

प्रधानमन्त्री प्रचण्डले यसअघि गत २६ पुसमा विश्वासको मत लिएका थिए । त्यसवेला प्रतिनिधिसभामा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका थिए । 

राष्ट्रपति निर्वाचनको दौरान तत्कालीन एमाले नेतृत्वको सात दलीय गठबन्धन छिन्नभिन्न भई कांग्रेससमेतको सहभागितामा नयाँ गठबन्धन बनेपछि एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । सोही कारण प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिनुपरेको हो ।