१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ६ सोमबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटनको विषय उठाएकाले गठबन्धन परिवर्तन गर्नुपर्‍यो : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ६ सोमबार १५:३५:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पहिलो दिन नै संसद् विघटनको विषय उठाएकाले सत्तागठबन्धन परिवर्तन गर्नुपरेको स्पष्टीकरण दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् । ‘दुई–दुईपटक सम्मानित सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संविधान र लोकतन्त्रको निरन्तरता एवं संसद्को स्थायित्वमै प्रश्नचिह्न खडा गर्‍याे,’ उनले भने ।

एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै प्रधानमन्त्रीले संसदमा पहिलो दिन नै विघटनको कुरा उठाउनु गर्वको विषय नरहेको प्रस्ट पारे । उनले भने, ‘व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरंगित भयो । त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक । मुलुकमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन ।’