मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २७ बुधबार ०९:२४:००
Read Time : < 1 मिनेट
साहित्य

दाहाल र सुवेदीलाई चैत्र ३० सम्मान गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २७ बुधबार ०९:२४:००

यस वर्षको ‘स्रष्टा चैत्र ३०’ सम्मान पुरुषोत्तम दाहाल र पुरुषोत्तम सुवेदीलाई प्रदान गरिने भएको छ । लोकतान्त्रिक आन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको सम्झनास्वरूप स्थापित संस्था हो, ‘स्रष्टा चैत्र ३०’ । लेखन र कर्मका माध्यमबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान दिएबापत दाहाल र सुवेदीलाई यो सम्मान दिने निर्णय भएको संस्थाका अध्यक्ष मनोज न्यौपानेले बताए । 

मनोज न्यौपाने, रत्नमणि नेपाल र प्रकाश सिलवालको छनोट समितिले दुई स्रष्टालाई सम्मान गर्ने निर्णय लिएको हो । दाहाल उपन्यासकार, कवि एवं राससका पूर्वअध्यक्ष हुन् । सुवेदी कवि, अनुवादक र समीक्षक हुन् । ०६३ बाट दिन थालिएको यो सम्मान हरेक वर्ष चैत ३० गते प्रदान गरिन्छ ।