मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत १ बुधबार १५:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखमा पाँच जिल्लाका नागरिकलाई हड्डीसम्बन्धी समस्याको निःशुल्क उपचार

Read Time : < 1 मिनेट
२०७९ चैत १ बुधबार १५:००:००

स्वास्थ्य सेवा कार्यालय दैलेख र नारायण नगरपालिकाको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच जिल्लाका विपन्न नागरिकले सेवा पाएका छन् ।

शिविरमा दैलेख, कालिकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जनाले निःशुल्क परीक्षण तथा ७५ जनाले निःशुल्क अप्रेसन सेवा पाएका हुन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले उपचार सेवा प्रदान गरेको हो ।

दुर्गम र पहाडी जिल्लाका नागरिक घाँसपात र भिरालो जमिनमा हिँडडुल गर्दा हातखुट्टा भाँचिने, प्रभावकारी उपचार अभावमा लामो समयदेखि हड्डी बांगाे हुने र आर्थिक अभावले काठमाडौंसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्लामै निःशुल्क शिविर आयोजना गरिएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए ।

शनिबारदेखि सुरु भएको शिविरमा आर्थिक अभावले काठमाडौं जान नसकेका बिरामीले जिल्लामै विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क अप्रेसन सुविधा प्राप्त गरेको विशेषज्ञ डाक्टर मूर्ति तिमिल्सेनाले जानकारी दिए । 

शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना हेगेन, नेपालका ६ जना विशेषज्ञ डक्टरसहित १८ जनाको टोलीले दैलेखमा निःशुल्क सेवा प्रदान गरेको हो । शिविरमा समाधान हुन नसकेका कतिपय बिरामीलाई काठमाडौंमा निःशुल्क अप्रेसन सेवा प्रदान गरिने विशेषज्ञ क्याट्रिना हेगेनले जानकारी दिइन् ।