१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २८ आइतबार १५:२४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाकाे आयात धान्न सकिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २८ आइतबार १५:२४:००

चालू आर्थिक वर्ष ०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ। 

गत असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा १३.८ प्रतिशतले बढेर माघ मसान्तसम्म रु. १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ। जुन १०.२ प्रतिशतले वृद्धि हो।
     
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु. १२ खर्ब २८ अर्ब पाँच करोड छ। त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु. एक खर्ब ५५ अर्ब २८ करोडबराबर रहेको छ। माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत छ।

आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, यो मुद्रा सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ। माघ मसान्तसम्ममा कायम रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा २८.५ प्रतिशत बराबर हो।