आफ्नो साइकलले किचेको कुखुराको चल्ला र पैसा लिएर अस्पताल पुगेका भारतको मिजोरमका बालकको तस्बिर केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
तिनै बालक फेरि भाइरल भएका छन् । यसपटक उनको फोटो नभएर पेन्टिङ भाइरल भइरहेको छ । सुनिल पुकोडेले बनाएको उनको पेन्टिङ सामाजिक सञ्जालमा हजारौं प्रयोगकर्ताले शेयर गरिसकेका छन् ।
६ वर्षका डेरेक लाल्छनहिमाको उक्त फोटो उनी पुगेकै अस्पतालमा काम गर्ने नर्सले खिचेकी थिइन् ।