मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ चैत २६ मंगलबार १२:५७:००
Read Time : < 1 मिनेट
विश्व

थाइल्याण्डको समुद्रकिनारमा सेल्फी खिचे मृत्युदण्ड

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत २६ मंगलबार १२:५७:००

थाइल्याण्ड घुम्न जाँदै हुनुहुन्छ ? यहाँको प्रसिद्ध मेइखाओ ‘बिच’मा उडिरहेको प्लेन देखिने गरी सेल्फि खिच्ने रहर तपाईंको पनि होला । तर, विचार पु-याउनुस्, अब यहाँ सेल्फी खिच्दा तपाईंलाई मृत्युदण्डको सजाय हुनसक्छ ।

फुकेट विमानस्थल नजिकै रहेको यो समुद्र किनारमा अवतरण हुनै लागेका विमानसँग सेल्फी खिच्न पर्यटक निकै रमाउँछन् । तर, सरकारले अब यहाँ फोटो तथा सेल्फी खिच्न प्रतिबन्ध लगाउने भएको छ । यतिमात्र होइन, प्रतिबन्धपछि पनि सेल्फी खिच्नेलाई मृत्युदण्डको सजाय हुनसक्छ । 

विमानस्थलका उपप्रमुख विचित किओथाइथिमले बैंकक पोष्ट दैनिकसँग यहाँ सेल्फी र फोटो खिच्न चाँडै प्रतिबन्ध लगाइने बताएका छन् । 

सेल्फी खिच्ने पर्यटकले पाइलटको ध्यान तानेर विमान दुर्घटनाको सम्भावना बढेको उनको भनाई छ ।