Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ०६:५८:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रपति संस्था निष्पक्ष हुने सम्भावना कम देखेपछि तटस्थ बस्ने निर्णय गर्‍यौँ : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ०६:५८:००

भावी राष्ट्रपतिको भूमिकामाथि आशंका गर्दै तथा आफ्नो राजनीतिक एजेन्डालाई ध्यानमा राखेर संसद्को पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भावी राष्ट्रपतिका दुवै उम्मेदवारको व्यक्तित्वमाथि शंका गर्दै मतदानमा तटस्थ बस्ने निर्णय लिएको छ । राप्रपा राजतन्त्र पक्षधर शक्ति हो । 

मतदानमा सहभागी नहुने निर्णय गर्नुको कारण के हो ?
पार्टीभित्र समीक्षा गर्दा यही उपयुक्त भन्ने देखियो । सैद्धान्तिक हिसाबले पनि संविधानले राष्ट्रपति पदलाई सेरेमोनियल र निष्पक्ष हुनुपर्छ भनेर परिकल्पना गरेको छ । तर, दुवै उम्मेदवार दलको सक्रिय व्यक्तित्व पर्नुभयो । दुवै दलबाट निर्वाचित भएर आउनुभएका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । त्यसकारण फेरि पनि राष्ट्रपति संस्था निष्पक्ष हुने सम्भावना कम देखेका कारण हामीले तटस्थ बस्ने निर्णय गर्‍यौँ । 

राजसंस्थाको पक्षधर भएका हिसाबले पनि राष्ट्रपतिमा मत हाल्नुहुन्न भन्ने कारण पनि हो ?
त्यो कुरा त छँदै छ । त्यो हाम्रो आमशुभेच्छुकको राप्रपा तटस्थ बस्योस् भन्ने चाहना पनि थियो । र, सँगसँगै यो व्यावहारिक यथार्थ पनि हाम्रोसामु देखियो । अभिभावकीय संस्थाको भूमिका निर्वाह गर्न सक्ने स्वतन्त्र व्यक्ति भइदिएको भए हुन्थ्यो भन्ने हो । 

अस्ति भर्खर राष्ट्रपतिबाटै तपाईंलगायत राप्रपाका मन्त्रीहरूले शपथ खाएको अवस्थामा अहिले राजसंस्थालाई कारण देखाउँदै मत नहाल्दा त तपाईंहरूमाथि नैतिक प्रश्न उठ्दैन र ?
होइन, अहिले पनि राष्ट्रपति पदलाई बहिष्कारभन्दा पनि निर्वाचनमा भाग नलिने भन्ने निर्णय मात्रै गरेका हौँ । अहिलेलाई राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बसेको हो भन्ने मात्रै बुझ्नु पर्‍यो ।