१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार १२:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुर्घटना न्यूनीकरणका लागि रिलायबल नेपाल लाइफको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार १२:०६:००

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सडक दुर्घटना जोखिम न्यूनीकरणको उद्देश्यले जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले समय–समयमा गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सडक डिभाइडर सहयोग गरेको हो ।

हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्घिविक्रम शाहले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यसले सहयोग पुग्ने बताए ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दीपेशबाबु तिवारीले कम्पनीले समय–समयमा गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको डिभाइडरले सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे । आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगलाई निरन्तरता दिने उनवको भनाइ थियो ।  

‘जीवन बिमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको कम्पनीले नेपाली बिमा बजारमा ५० लाखभन्दा बढी बिमालेख जारी गरिसकेको जनाएको छ ।