१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
धरानबाट देवेन्द्र कार्की अर्घाखाँचीबाट नवीन केसी
२०७५ चैत २६ मंगलबार ०६:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

धरान र अर्घाखाँचीमा सडक दुर्घटना : आठको मृत्यु, ४४ घाइते

Read Time : < 1 मिनेट
धरानबाट देवेन्द्र कार्की अर्घाखाँचीबाट नवीन केसी
२०७५ चैत २६ मंगलबार ०६:३६:००

सुनसरीको धरान र अर्घाखाँचीमा आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । 
धरान–१३ स्थित जिरोप्वाइन्टमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको हो । धनकुटाको बुधबारेबाट आउँदै गरेको ना६ख २७१३ नम्बरको यात्रुबाहक बस करिब एक किमिमाथि नै ब्रेक फेल भएको थियो ।

धरान–१५ पुष्पलालमार्ग बस्दै आएका चालक छत्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । उनले दुई दिनअघिदेखि मात्र बस चलाउन थालेका थिए । मृत्यु हुने अन्यमा धनकुटा चौबीसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र पाँच महिनाकी बालिका डेनी मगर रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । ३९ घाइतेको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । एक बालकसहित चारजनाको अवस्था गम्भीर भएकाले आइसियुमा राखेर उपचार भइरहेको छ । 

सय मिटर तल खस्यो जिप
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ नुवाकोट लात्तेबाजमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको गाडी सोमबार दिउँसो करिब सबा दुई बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए । मृत्यु हुनेमा प्युठान ऐरावती गाउँपालिकाकी–१४ वर्षीया मोनिका आचार्य, ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाकी विष्णुमाया श्रेष्ठ र उनका तीन वर्षका छोरा प्रिन्स श्रेष्ठको मृत्यु भएको हो । लु१ज १२२९ नम्बरको जिप सडकबाट सय मिटर तल खसेको छ । घाइते १५ जनालाई भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए ।