Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार ११:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकले टाटाका विद्युतीय सवारी किन्न कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार ११:४४:००

कुमारी बैंक लिमिटेडले टाटाका विद्युतीय सवारीसाधन खरिद गर्नका लागि कर्जा दिने भएको छ । कर्जा लगानीसम्बन्धी सम्झौतामा टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र बैंकबीच सम्झौता भएको हो । 

पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूपआफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरूबाट सहज रूपमा विद्युतीय सवारीसाधन कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

 सम्झौताअनुसार बैंकका ग्राहकले टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको आठ वर्षसम्म अवधि रहेको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकले हाल देशभरमा तीन सय चार शाखा, दुई सय ९४ एटिएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।