मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एएफपी 
२०७५ चैत २५ सोमबार १८:३४:००
Read Time : < 1 मिनेट
विश्व

यि धनाढ्यले किन एक दिनका लागि बैंकबाट एकसाथ झिके एक करोड डलर ?

Read Time : < 1 मिनेट
एएफपी 
२०७५ चैत २५ सोमबार १८:३४:००

नाइजेरियाका एक धनाढ्य आफ्नो बैंक खाताबाट एक साथ एक करोड डलर निकाले । तर भोलिपल्टै लगेर बैंकमा जम्मा गरिदिए । आखिर उनले किन यस्तो गरे त ?
एएफपीका अनुसार ती नाइजेरियन धनाढ्य एलिको डाङ्गोटेलेले साँच्चै म त्यति नै धनी छु कि बैंक स्टेटमेन्टमा मात्र त्यस्तो देखिएको हो भनेर जाँच्नका लागि मात्र यस्तो अचम्मको हर्कत गरेका हुन् । 

सिमेन्टलगायत विभिन्न उत्पादनमूलक उद्योगका मालिक डाङ्गोटेले भनेका छन्, ‘एक दिन मैले बैंकबाट एक करोड डलर नगद निकाले । गाडीमा हालेर घर ल्याए । अनि त्यो पैसा हेरेपछि मलाई साच्चै आफूसँग त्यो रकम रहेको विश्वास जाग्यो । अनि त्यसको अर्को दिन नै त्यो पैसा बैंकमै लगेर जम्मा गरिदिए ।’