मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत २५ सोमबार १४:४७:००
Read Time : < 1 मिनेट
प्रदेश

आफूले भर्ना गरेको बालबालिका भेट्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना 

Read Time : < 1 मिनेट
२०७५ चैत २५ सोमबार १४:४७:००

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अघिल्लो शैक्षिक सत्रमा विद्यालय भर्ना अभियानका क्रममा आफुले भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका विभिन्न ५ बालबालिकालाई भेटेका छन् । 

भेटमा उनले विद्यालय पोशाक, स्टेशनरी सामग्री र नगद सहयोग गरेका छन् । आइतबार गृह जिल्ला पर्वत आएका तिमिल्सिनाले बालबालिकालाई शैक्षिक सामग्री र खर्चबापत रकम दिएका हुन् । 

नयाँ शैक्षिकसत्र सुुरु हुन लागेको समयमा अध्यक्ष तिमिल्सिनाले ११ वर्षीया सुहानी  नेपालीलाई आगामी शैक्षिक सत्रको सुरुमा लाग्ने सबै खर्च र पोशकसहित अभिभावक र विद्यालयलाई रकम हस्तान्तरण गरेका हुन् । ‘वर्षमा दुई वा तीनपटक अभिभावक र विद्यार्थीलाई भेटेर सहयोग गर्दै आएको छु ।’ उनले भने ‘विद्यार्थीको पठनपाठनमा सुधार आएको र नियमित विद्यालय गएको सुनेपछि उनीहरुलाई सहयोग गर्न थप उत्साह मिल्दो रहेछ ।’ उनले बालबालिकाहरुलाई राम्रो सँग पढ्न सल्लाह दिँदै खर्चको अभाव र चिन्ता नगर्न आश्वासन दिए । 

उनले सुहानी लगायत पर्वतको तिलहारस्थित नवजागृत माविमा अध्ययनरत अनुप जिसी र देउपुर नमुना आवासीय माविमा अध्ययनरत निकिता क्षेत्रीलाई पनि आवश्यक नगद प्रदान गरे । अध्यक्ष तिमिल्सिनाले पर्वतमा तीन जना र पोखरामा दुई जना विद्यार्थीलाई अभिभावकत्व ग्रहण गरेका थिए ।