मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण १० बुधबार २०:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन बैंकका एटिएम मेसिन फोर्ने प्रयास गरेकाे आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १० बुधबार २०:०५:००

विभिन्न तीन बैंकका एटिएम मेसिन फोर्न प्रयास गरेको आरोपमा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पक्राउ पर्नेहरूमा जिल्ला उदयपुर गाईघाट नगरपालिका वडा नम्बर ७ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ का सुशील चाम्लिङ राई र जिल्ला लम्जुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ का अर्जुन भन्ने लुबहादुर गुरुङ रहेका छन्।

पक्राउ परेका उनीहरूलाई ९ फागुनको राति करिब १२ः१० बजे पोखरा १० रामबजारस्थित एनआइसी एसिया बैंकको, ९ फागुन बिहान ०१ः२२ बजेको समयमा पोखरा १५ वन क्याम्पस गेटनजिकै रहेको नेपाल बैंक लिमिटेडको र ९ फागुन बिहान ०४ः०२ बजेको समयमा पोखरा १५ रामबजार पेन्सनक्याम्प नजिकै रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम मेसिन फोर्न प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले ती एटिएम मेसिन तोडफोड गर्ने, ढुंगा हान्ने तथा सिसिटिभी क्यामेरा कागजले छोप्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको खड्काले जानकारी दिए।
पक्राउ परेका गुरुङ र राईलाई चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा बुधबार अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रियाअगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।