१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन दुराल
२०७५ पौष ९ सोमबार २१:४७:००
Read Time : < 1 मिनेट
प्रदेश

भाेजपुरमा पाँच जना कारागार चलान

Read Time : < 1 मिनेट
मोहन दुराल
२०७५ पौष ९ सोमबार २१:४७:००

भोजपुर जिल्ला अदालतले विभिन्न मुद्दाका पाँच जनालाई कारागर चलान गरेको छ ।  जिल्ला अदालत भोजपुरले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई सोही ठाउँकी बालिकालाई करणी गरेको आरोपमा एक महिन कैद र रु ५० हजार रुपैयाँ  जरिवानकोे फैसला सुनाएको छ ।

त्यसैगरी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अरुण गाउँपालिका–४ चरम्बीका सन्तोष विश्वकर्मालाई ६ वर्ष कैद र रु ५० हजार रुपैयाँ जरिवनाको फैसला गरेको छ । विश्वकर्माले गत असोज ६ गते सोही ठाउँकी युवतीलाई बलात्कार गरेका थिए ।

त्यस्तै, कर्तव्य ज्यान मुद्दामा रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैदसहित १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । राईले गत कात्तिक २४ गते भाइटिकाको दिन ४७ वर्षीया दिदीलाई कुखुराको खोरको ढोका लगाउन प्रयोग गरिने काठले टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

बहुविवाहको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका प्रवीन श्रेष्ठ र भोजपुर नगरपालिका–१ बस्ने इन्दिरा तामाङलाई एक वर्ष ६ महिना कैद सजायसहित रु १५ हजार रूपैयाँ क्षतिपूर्तिको फैसला गरेकोे छ । श्रेष्ठ र तामाङले गत कात्तिक ७ गते विवाह गरेका थिए । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलाशले आदेश दिएको हाे ।