मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ७ आइतबार १७:५५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दोस्रो भक्तपुर कप २०७९ को पहिलो चरणको खेल जारी

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ७ आइतबार १७:५५:००

भक्तपुर युवा टिमको आयोजनामा दोस्रो भक्तपुर कप २०७९ खुला फुटबल प्रतियोगिताको तेस्रो दिन आइतबार पनि जारी रह्यो। द हिलिङ होम एफसी र सिर्जनानगर एफसीबीच भएको प्रतियोगितामा खेलको अन्त्यसम्ममा दुवै टिमबाट २–२ गोलको बराबरी भएको थियो।

दुवै टिमबीच पेनाल्टी सुट आउटमा द हिलिङ होम एफसीले सिर्जनानगर एफसीलाई २–४ ले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएका छन्। सोही खेलबाट सिर्जनानगरका गोलकिपर हार्दिक कार्की उदीयमान खेलाडी घोषित भएका छन् भने सोही टिमका जर्सी नम्बर ७ का नरेश तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित भए।

त्यस्तै, आइतबारै भएको सिओबी क्र्यू र एपिएपफ बलम्बुबीच भएको खेलमा सिओबी क्र्यूले एपिएफ बलम्बुलाई १–२ गोलले पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएका छन्। खेलबाट एपिएफ बलम्बुका विनय मगर उदीयमान खेलाडी घोषणा भएका छन् भने सीओबी क्र्यूका कबू लिम्बू उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगिताको चौथो दिन सोमबार पहिलो खेल बिहान ९ः३० बजे बनेपा ब्वाइज र डार्क सुटर्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो १२ः३० बजे गोदावरी एफसी र एफसी र्‍यालेबीच हुने टिम कमिसनर अनिल सुकुपायोले जानकारी दिए।