मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २५ सोमबार ०८:४३:००
Read Time : < 1 मिनेट
सप्तरंग

अम्बानी परिवारकी बुहारी हुन्छिन् त राधिका ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २५ सोमबार ०८:४३:००

मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाह गत ९ मार्चमा भएको थियो । आकाशले हीरा व्यापारी रसेल मेहताकी छोरी श्लोकासँग बिहे गरेका थिए ।

विवाह समारोहमा एक यस्ती युवती थिइन्, जो विवाहभर ‘सेन्टर अफ अट्राक्सन’ बनिन् । उनी थिइन्, राधिका मर्चेन्ट । खबरअनुसार राधिका मुकेशका छोरा अनन्त अम्बानीकी प्रेमिका हुन् । राधिकालाई उनका नजिकका साथीभाइले मुकेशकी कान्छी बुहारी समेत भन्ने गरेका  छन । हुन त प्रायः सानोतिनो कार्यक्रममा पनि राधिका अम्बानी परिवारको साथमा देखिन्छिन् । 

हुन त सन् २०१८ मै खबर आएको थियो कि अनन्त र राधिकाले इंगेजमेन्ट गरिसकेका छन् । पछि अम्बानी परिवारका प्रवक्ताले खबर सत्य नभएको बताए । राधिका आफैँ पनि व्यापारी वीरेन मार्चेन्टकी छोरी हुन् ।