Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७५ चैत २५ सोमबार ०८:३६:००
Read Time : > 1 मिनेट
विश्व

बेलायतद्वारा युरोपेली युनियन नलेखेको राहदानी जारी

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ चैत २५ सोमबार ०८:३६:००

बेलायतले युरोपेली युनियन नलेखेको राहदानी जारी गर्न सुरु गरेको छ । युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतले आफ्नो राहदानीकोबाहिरको भागमा लेखिएको युरोपेली युनियन शब्द हटाएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । संघबाट बाहिरिने निर्णय बेलायतले पूर्ण रूपमा कार्यान्वयन गराउन नसकिरहेका वेला गत मार्च ३० देखि नयाँ राहदानी जारी गरेको हो । राहदानीमा ‘युरोपियन युनियन’ लेखेको भएर वा नभएर बेलायती नागरिकलाई यात्रामा कुनै फरक नपर्ने पनि मन्त्रालयले जनाएको छ । 

संसद्का विपक्षी दलहरूको विरोधका बाबजुद प्रधानमन्त्री थेरेसा मे युरोपेली युनियनबाट बेलायत बाहिरिने निर्णयलाई कार्यान्वयन गराउने प्रयासमा छिन् । बेलायतको संसद्ले ब्रेजिक्टसम्बन्धी सम्झौतालाई तीनपटकसम्म अस्वीकार गरेको छ । सरकारले साझा सहमति तयार गर्ने प्रयासस्वरूप मुख्य विपक्षी दल लेबरसँग वार्ता पनि सुरु गरेको छ । तर, वार्ताले ब्रेक्जिटलाई पारित गराउने गरी सहमति जुटाउने सम्भावना भने कम रहेको अधिकारीहरूले बताएका छन् । 

बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव पारित
 युरोपेली संसद्ले बेलायती नागरिकलाई युरोपेली युनियनका मुलुकको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ । बेलायत विनासम्झौता युरोपेली युनियनबाट बाहिरिए पनि बेलायती नागरिकलाई शुल्क नलिने कानुन बिहीबार युरोपेली संसद्ले पारित गरेको हो । 

नयाँ कानुनबमोजिम युरोपेली मुलुकमा ९० दिनभन्दा कम समयावधिको भ्रमण गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन । संसद्मा सो विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो । २९ जना सांसद भने अनुपस्थित थिए । ब्रेक्जिटको परिणाम जेसुकै आए पनि लाखौँ बेलायती नागरिकलाई युरोपका विभिन्न मुलुकमा छुट्टी मनाउन सहज हुनेछ ।

तर, यसको बदलामा बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै सुविधा दिनुपर्नेछ । बेलायतले पनि युरोपेली मुलुककानागरिकलाई यस्तै व्यवहार गर्ने जनाएको छ । युरोपेली संसद्मा यस विधेयकमाथि छलफल हुँदा स्पेनी सांसदले भने जिब्राल्टरको विषयमा जोडदार आवाज उठाएका थिए । जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्न नहुने स्पेनी प्रतिनिधिको तर्क थियो ।