मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण ६ शनिबार १०:१५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मनाङ मर्स्याङदीसँग आयोजक मकवानपुर ११ पराजित 

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ६ शनिबार १०:१५:००

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ बाट स्थानीय टिम मकवानपुर ११ बाहिरिएको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलमा स्थानीय टिम मकवानपुरलाई हराउँदै नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदी क्लब सेमिफाइनल प्रवेश गरेको छ । मनाङले मकवानपुरविरुद्ध २–१ को जित निकालेको हो । 

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलको पहिलो हाफमै मनाङले आयोजक विरुद्ध २ गोल गरेको हो । उसको जितका लागी सुमित श्रेष्ठले खेलको १२ औं र विदेशी खेलाडी डिवान्डो ड्याङबोले ३९ औं मिनेटमा गोल गरेका थिए । 

यस्तै मकवानपुर ११ को तर्फबाट विदेशी खेलाडी साहिदले एक गोल फर्काए । उनले दास्रो हाफको ५३ औं मिनेटमा गोल गरेका थिए । शुक्रबारको खेलको म्यान अफ दी म्याच मनाङका कमल थापा भए उनले १० हजार नगद सुहित ट्रफि प्राप्त गरे । 

मनाङले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ आर्मीलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार हिमालयन शेर्पा र फ्रेण्डस क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।