मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण ३ बुधबार १०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बसपार्क घटनाको विषयमा डिआइजीको नेतृत्वमा छानबिन समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण ३ बुधबार १०:४३:००

लुटपाट, आगजनी र झडपका घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको छ । कार्यालयका नायब महानिरीक्षक (डिआइजी) मसाउद आलम खाँको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो ।

घटनाको कारण र त्यसमा प्रहरीबाट भएको सम्भावित कमजोरी पत्ता लगाउन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीले बताए ।

प्रारम्भिक अध्ययनमा बालाजु वृत्तका डिएसपी रविन विष्टको कमजोरी देखिएपछि उनलाई मंगलबार जिम्मेवारीबाट हटाइएको छ । उनी चढेको गाडी नै आन्दोलनकारीले जलाइदिएका थिए । सामान्यतया प्रहरी इन्चार्जले यसरी आफ्नो सवारी छाडेर हिँड्न नमिल्नेमा डिएसपी विष्टले परिस्थितिको सामान्य आकलनसमेत नगरी लापरबाही गरेका थिए ।

सोही कारण उनलाई वृत्तबाट हटाएर डिएसपी मनोजित कुँवरलाई खटाइएको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका प्रहरीमाथि कारबाही हुने एआइजी लोहनी बताउँछन् ।